प्रज्ञाको निर्देशनमा ‘ठुल्दिदी’ निर्माण हुने


काठमाडौं । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । सिरियलको शुक्रबार राजधानीमा शुभ मुहुर्त गरिएको छ । प्रज्ञा जोशीको निर्देशन रहने टेलिसिरियलमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ ।

‘ठुल्दिदी’ मा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीको संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेको छायांकन रहनेछ ।

प्रज्ञाले यसअघि ठूलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् । उनले यसअघि निर्माण गरेको टेलिसिरियल ‘सिन्दुर’ हिट टेलिसिरियलमा पर्दछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.