म्युजिक भिडियो बाट बनेका ठुलो पर्दाका निर्देशक



सेलेब्रिटी नेपाल मंगसिर ५-टेलिभिजन पत्रकारितामा धेरै बर्ष बितायका भुषण दाहालले दर्जनौ म्युजिक भिडियो निर्देशन पश्चात ठुलो पर्दाको चलचित्र कागबेनी को निर्देशन गरे उक्त चलचित्र ब्यबसायिक रुपमा सफल हुन सकेन । उनि त्यस पछि ठुलो पर्दामा देखियनन हाल उनि टेलिभिजन र फाट्ट फुट्ट म्युजिक भिडियो मा ब्यस्त छन्।

दर्जनौ म्युजिक भिडियो निर्देशन गरेका आलोक नेम्वांगका भिडियो हरु लाई दर्शक हरुले मन परायका नै हुन् एक समय नेम्वांग म्युजिक भिडियो निर्देशनमा सार्है ब्यस्त हुन्थे । उनले पनि भिडियो हुदै ठुलो पर्दामा हात हाले चलचित्र सानो संसार बाट सानो संसार बाट उनले राम्रै प्रतिक्रिया पाय तर चलचित्र ले ब्यबसायिक लाभ भने गर्न सकेन । केहि समयको अन्तरालमा उनले अर्को चलचित्र कोहि मेरो निर्देशन गरे उक्त चलचित्र सफल हुन सकेन । ।
थुप्रै म्युजिक भिडियो निर्देशन गरेर ठुलो पर्दामा हात हालेका प्रसन्न पौडेलले निर्देशन गरेको पहिलो चलचित्र स्वर असफल भयो पौडेल ले निर्देशन गरेको अर्को चलचित्र मेरो बेस्ट फ्रेन्ड रिलिज को तयारी मा छ ।
दर्जनौ म्युजिक भिडियो,थुप्रै बिज्ञापन,र एउटा टेली सिरियल निर्देशन पश्चात जनक दीप पराजुलीले पनि ठुलो पर्दाको चलचित्र निर्देशन मा हात हालेका छन् । उनीले निर्देशन गरेको चलचित्र प्रडुसर हाल सम्पादनको क्रममा छ ।
थुप्रै म्युजिक भिडियो निर्देशन गरे पश्चात ठुलो पर्दामा हात हालेका बिभोर पोख्रेल हाल चलचित्र म अनि तिमि को छायांकन को क्रम मा छन् । यसरि सानो पर्दा हुदै ठुलो पर्दामा हात हाल्ने हरु को लिस्ट लामै छ जति पनि सानो बाट ठुलो पर्दामा हात हालेका हरु छन् प्राय सबै सानो पर्दामा जति सफल थिय त्यति ठुलो पर्दामा सफल हुन सकेका छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.