मिसेस वर्ल्ड २०२४’ मा भाग लिन पृथ्वीया अमेरिका प्रस्थान



काठमाडौँ। ‘मिसेस वर्ल्ड नेपाल २०२३’ पृथ्वीया थापा बिबाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिका तर्फ लागेकी छन्। पृथ्वीया आईतवारदेखि आगामी शुक्रवारसम्म अमेरिकाको लसभेगासमा हुने ‘मिसेस वर्ल्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्न शनिबार राती अमेरिकातर्फ लागेकी हुन्। उनलाई मिसेस वर्ल्ड नेपालको आयोजक संस्थाको समूहले त्रिभुवन विमानास्थलमा पुगेर विदाई गरेको थियो।

यसअघि मिसेस वर्ल्ड नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी पृथ्वीयालाई सफलताको शुभकामना दिँदै बिदाई गरेको थियो। पृथ्वीयाले यस वर्षको ‘मिसेस वर्ल्ड २०२४ का लागि आफूले भरपुर तयारी गरेको बताइन्। ‘त्यहाँ नेपालको भेषभुषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले पत्रकारहरुसँग कुराकानी गर्दै भनिन्, ‘नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्नेछु।’
पृथ्वीयाले विश्वका ५७ देशका विवाहित सुन्दरीको सहभागिता रहने प्रतियोगिताको नेसनल कष्ट्युम राउण्डमा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना प्रदर्शन गर्नेछिन्। उनले नेपालको हस्तकलाको सामाग्री, काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्ने पनि बताइन्। पृथ्वीयाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पारेकी छन्।

मिसेस वल्र्ड नेपालका नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले उपलब्धि लिएर पृथ्वीया नेपाल फर्कनेमा आफू ढुक्क रहेको बबताए। आयोजनक रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगितामा भोटिङको उत्तिकै महत्व रहेकाले सामाजिक सञ्जालमार्फत पृथ्वीयालाई भोटिङमा सहयोग गरेको बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.