भुवन र जुनाको ‘हे सानू’ मा विदेशिनु पर्दाको पिडा (भिडियो)



काठमाडौंँ । गायक बिनोद दनुवारको स्वर रहेको गीत ‘हे सानू’ सार्वजनिक गरिएको छ । नवराज घिमिरेको शब्द तथा संगीत रहेको गीतको भिडियो युके इन्टरटेन्मेटले सार्वजनिक गरेको हो । भिडियोमा मोडल भुवन के.पोखरेल र जुना कार्की फिचर्ड छन् । नेपाली युवा विदेशिनु पर्दा उसको प्रेमीका र घरपरिवारले कस्तो पिडा भग्नुपर्छ भनेर भिडियोले देखाएको छ । भिडियोमा भुवन र जुनाको अभिनय सुहाउँदो छ ।

गीतका शब्द निकै मार्मिक र मर्मस्पर्सी रहेकाले भिडियो पनि त्यस्तै बनेको मोडल भुवन के पोखरेल बताउँछन् । अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न टेलिसिरियलमा अभिनय गरिसकेका भुवनले गीतबाट राम्रो प्रतिक्रिया पाउने आशा गरेका छन् । गीत मार्मिक बिषयमा तयार भएकोले दर्शक श्रोताको मन जित्ने बिश्वास लिएको गायक बिनोद बताउँछन् । भिडियोको छायांकन, सम्पादन र निर्देशक प्रवेश पोखरेलले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.