खोपासीको डाँडामा भेटीयिन कमरेड उमा


सेलेब्रिटी नेपाल कार्तिक २९- माओबादी ससस्त्र द्वन्द का बेला धेरै छापामार हरु देखिने गाऊ मा केहि बर्ष देखि शान्त छ। आज फेरी नायिका रिचा शर्मा कमान्डर को रुपमा देखा परिन। अभिनेत्री ऋचा शर्मा एक्कासी माओवादी क्याम्पमा देखिइन्। ‘कमरेड नर्स बन्ने सपना थियो। गाउँमै बसेर सबैको सेवा गर्ने सोच थियो। छाड अब सबैकुरा,’ उनी आफ्नी सहकर्मी अभिनेत्री सिर्जना सुब्बालाई भनिरहेकी थिइन्। ‘गुड गुड, एकदम राम्रो, फेरि गरौं,’ पछाडिबाट निर्देशक छिरिङरितार शेर्पाले निर्देशन दिए। काभ्रेको खोपासीस्थित ‘उमा’ फिल्मको सुटिङको दौरान कलाकारहरु आ-आफ्ना भूमिकाका लागि व्यस्त देखिए। २५ दिने फिल्मको सुटिङ गत कात्तिक १६ देखि सुरु भएको हो। फिल्मको ५० प्रतिशत सुटिङ सकिसकेको छ। ‘यसपटक हामीले सुटिङमा सौर्य उर्जाको प्रयोग थालेका छौं। यसले सुटिङको बजेट पनि कम गरेको छ,’ निर्देशक छिरिङरितारले भने। जनयुद्धमा होमिएकी युवतीको कथामाथि बनेको फिल्म भएकोले कलाकारहरुलाई बन्दसत्रमा राखेर काम गराइएको छ। ‘बन्द सत्रमा राख्दा फिल्ममा मात्र ध्यान हुने रहेछ। केही सटहरु सिध्याएपछि काठमाडौंमा सुटिङ गर्नेछौं,’ उनले भने।

यसअघि ‘मुकुन्डो’ र ‘कर्मा’ निर्देशन गरिसकेका उनले आगामी फागुनसम्ममा फिल्म रिलिज गर्ने बताए। जनयुद्धको बेला ग्रामीण परिवेशका कतिपय युवाहरुलाई बाध्यतामा पारेर माओवादी बनाइएको कथा पनि फिल्ममा छ।

‘जनयुद्धको बेला एक साधारण युवतीले माओवादीमा प्रवेश गर्दाको घटनामाथि फिल्म बनाउन लागिएको हो। पुलिस र माओवादी दाजुबाहिनीको परिभेषमा कथा प्रभावित छ। मेरो लागि यो राम्रो अवसर हो,’ लेखक तथा सहायक निर्देशक छिरिङ छोदेनले भनिन्। उनका अनुसार यथार्थता झल्काउन स्थानीय वासिन्दालाई पनि फिल्ममा खेलाइएको छ। उनीहरुलाई आफ्नै शैलीमा संवाद बोल्न दिइएको छ।

सुटिङस्थलमा देखिएका अभिनेता दयाहाङ राई आफ्नो छोरालाई सम्झँदै थिए। ‘सुटिङ सिध्याउना साथ छोरा भेट्न घर गइहाल्ने थिएँ,’ उनले हतारो देखाए। फिल्ममा उनले एक माओवादी छापामारको भूमिका पाएका छन्। बिहान सातदेखि अबेरसम्म सुटिङ हुने जानकारी युनिटले गरायो। ‘सट र एङ्गलमा धेरै काम सिक्न र देखाउन पाइरहेको छु। आफूले जानेका र अर्काले बुझेका काम बाँडेर विभिन्न दृश्य खिच्दा रमाइलो हुने रहेछ,’ क्यामेराम्यान पुरुषोत्तम प्रधानले भने। यस फिल्मलाई क्यानन फाइभ डी क्यामेराले खिचिएको छ। फिल्ममा सौगात मल्ल, मिथिला शर्मा, पुष्कर गुरुङ, प्रमोद अग्रहरि, प्रकाश घिमिरे, अशोक शर्मा, तुलसी घिमिरे, उज्ज्वल घिमिरे र प्रवीण खतिवडा लगायतले पनि अभिनय गरिरहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.