नागबेली शुभ मुहुर्त सम्पन्न


सेलेब्रिटी नेपाल कार्तिक २९-कोरियोग्राफीमा सन्यास घोषणा गर्दै निर्देशक बन्ने उदघोष गरेका गोविन्द राईले आफ्नो चलचित्र ‘नागबेली’ को शुभमुहुर्त गरेका छन् । लक्ष्मी पुजाको दिनको उत्तम साईतमा उनले मैतिदेवी मन्दिरमा चलचित्रको शुभमुहुर्त गरेका हुन् ।

दिपेन्द्र लामाको कथामा तयार हुन लागेको यो चलचित्रभित्र यशराज, हषिर्का श्रेष्ठ, सुरबी जैन, विक्की मल्लका साथमा नव नायक संभव श्रेष्ठको अभिनय रहने छ । चलचित्रको शुभमुहुर्त समारोहमा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्रका कलाकार तथा पत्रकारहरुको उपस्थिती थियो ।

मैतिदेवी मन्दिरमा पुजा गरेपछि कलाकारहरुले मुहुर्त सट दिएका थिए ।यो चलचित्रले राष्ट्रियताको बिषयलाई मुख्य रुपमा उठान गर्ने निर्देशक राईले जानकारी गराए । चलचित्रको छायांकन तिहार लगतै सुरु गरिने बताइएको छ ।