स्टार एफ म्युजिक अवार्ड उत्कृस्ट पाँच नोमिनेसन सार्बजनिक


(सेलिब्रेटी नेपाल) पौष १२-नेपाली सांगीतिक बजार नभएको अबस्थामा पनि नयाँ कलाकारको प्रवेश तथा सांगीतिक अवार्ड हरु बने थपिने क्रम जारी छ। यसै क्रममा स्टार एफ एमले पनि स्टार एफएम म्युजिक अवार्ड २०७० को आयोजना गर्न लागेको छ आगामी माघ २० मा हुने भनिएको यो अवार्ड स्टार एफएमले पहिलो पटक गर्न लागेको हो। एफ एमले हालै राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उत्कृष्ट ५ को नामावली सार्वजनिक गरिएको छ ।२४ विधा अवार्ड वितरण गरिने अवार्डमा एक श्रष्टालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत गरिने भएको छ। एक संचारकर्मीलाई रेडियोकर्मी सम्मानबाट पनि कार्यक्रममा सम्मानित गरिने आयोजकले जानकारी गराएको छ।
star fm music award
सार्वजनिक गरेको उत्कृष्ट ५ मा संगीतकारको विधामा कमल खत्री, किरण माइकल, कल्याण सिंह, राजु सिं र सुरेश अधिकारी छन् भने चलचित्र गीतकारतर्फ अमृत रेग्मी, डाक्टर कृष्ण्ँहरी बराल, नरेश भट्टराई, सुरेश अधिकारी र स्वप्नील बराल रहेका छन्, त्यस्तै पाश्र्व गायकको विधामा दिपक लिम्बु, प्रल्हाद तिमिल्सिना, राजेशपायल राई, शिव परियार र स्वरुपराज आचार्य का नाम सार्वजनिक गरिएको छ ।
चलचित्र संगीतकारतर्फ भने अर्जुन पोखरेल, कालीप्रसाद बास्कोटा, सुरेश अधिकारीको नाम समावेश छ । संगीतकार बसन्त सापकोटा दई चलचित्र रिदम र नोटबुकबाट छानिएका छन्। उत्कृष्ट लोक गित तर्फ कमालिकांत भेटवाल, गणेश न्यौपाने, तुलसी पराजुली, भोजराज काफ्ले र सुनिता दुलाल छन्।

नव प्रतिभा लोक दोहोरि तर्फ तिलक परियार, निता पुन, मनोज सिंह धामी, मौसम गुरुङ र रत्न बराइली छन्। पाश्र्व गायिकाको अवार्डको लागि गायिकाहरु अन्जु पन्त, दुर्गा परियार, प्रविशा अधिकारी, मिलन अमात्य र रजिना रिमालको प्रतिस्पर्धा हुने भएको छ ।

राष्ट्रिय भावनाको गीततर्फ उन्नती बोहरा, दिनेश अधिकारी, धनराज सुब्बा, रंजना राई, रविन शर्मा उत्कृष्ट ५ मा परेका छन् भने पप गायिका तर्फ आस्था वी, आस्था राउत, माण्डवी त्रिपाठी, मिलन अमात्य, श्रेया सोताङ नोमिनेशनमा परेका छन् ।

पप गायकतर्फ भने एड्रियन प्रधान, नविन के भट्टराई, सनुप पौडेल, बाबु बोगटी, हेमन्त रानाको भिडन्त हुने छ। मुद्रण ध्वनी सुगम संगीत तर्फ किशोर थापा , महेश्वरमान राज भण्डारी , शम्भु तन्डुकार र श्यामस्वेत रसाइली छन् । संगीत संयोजन सुगम संगीत तर्फ अशोक राई , किरण कडेल , महाराज थापा र गोपाल रसाइली छन् । यस विधामा किरण कडेल बाचुन जेली लाइ र पानीको फोका बाट नोमिनेसनमा परेका छन्। गीतकार सुगम संगीत तर्फ आनन्द अधिकारि, बसन्त चौधरी , भुपेन्द्र खड्का , योगेन्द्र मणि दाहाल र राजुबाबु श्रेष्ठ परेका छन् ।

गायिका सुगम संगीत तर्फ अन्जु पन्त, कुन्ती मोक्तान, राजीना रिमाल, रिमा गुरुङ र संगीता राना छन् । उत्कृष्ट गायक सुगम संगीत तर्फ प्रमोद खरेल, बिश्व नेपाली, मनोज सेवा , रामकृष्ण्ँ ढकाल र शिव परियार छन्। उत्कृष्ट संगीतकार सुगम संगीत तर्फ आनन्द राई , न्हू बज्राचार्य, राजु सिंह, शिला बहादुर मोक्तान र हरि लम्साल छन्। एल्बम सुगम संगीत तर्फ लव फरेवर, बाचुन्जेलीलाई, रजिना, रंग र सत्यता परेका छन्।

लोक दोहोरि शब्द तर्फ एक नारायण् भण्डारी ,गणेश चौलागाई , पुस्कल शर्मा , शिव सुबेदी र सन्तोष बानिया छन् । उत्कृष्ट लोक दोहोरि गायिका तर्फ टिका पुन , देबी घति , पूर्ण कला बिसी , बिष्णु माझी र सुनिता दुलाल छन्। उत्कृष्ट लोक दोहोरि गायक तर्फ कुलेन्द्र बिक , बिमल डागी , मिलन लामा , रामजी खाड र शिरिष देबकोटा छन्। उत्कृष्ट लोक दोहोरि भाका तर्फ खेम सेन्चुरी , पुस्कल शर्मा , रामजी खाड र बसन्त थापा छन्। उत्कृष्ट समुह ब्याण्ड गायन तर्फ कर्मा , इथोस , जोइन ङ्खयाम्ली इन्टरनेसनल , बाणी र स्याडोज छन्। युगल गायन तर्फ दिपक लिम्बु र दुर्गा खरेल , दावा गुरुङ र निशा देसार , मनोज सेवा र अन्जु पन्त , राम भक्त र इतु जोजिजु , रेखा साह र कमल खत्री रहेका छन्। उत्कृष्ट नव प्रतिभा सुगम संगीत तर्फ अनुस्का पाठक , उर्मिला कुटु , बाबा पाख्रिन, राज सिग्देल र सुनिल गिरी छन्।