नील डेबिडको सिलिगुडीमा अर्को नयाँ सैलून


सेलिब्रेटी नेपाल डट कम,
कार्तिक २३, सिलीगुड़ी – चर्चित हेयर एक्सपर्ट नील डेविड कटवालले भारतको सिलीगुड़ी स्थित सिटी सेंटरमा आफ्नो नयाँ सैलून सन्चालन गरेका छन । सिटी सेंटरमा बुधवार आयोजित एक समारोहमा नेपाली नायीका रुश्मा राइ तथा सिक्किमका नेपाली कलाकार महेन्द्र गुरुङले रिबन काटेर उद्घघातन गरेका हुन । नील डेविडको सिलिगूडीमा यो दोश्रो सैलून हो । यस अघी कारीब ३ बर्ष अघी नीलले सिलिगूडीको सिटीमलमा पनि सलोन खोली सकेका थिए । उद्घाटन समारोहमा यहाँ सम्म आउन सहयोग पुर्यौने आफ्नु परिवार तथा संचार कर्मी, ग्राहक तथा साथी भाई शुभ चिन्तकहरुलाई नील डेविड ले धन्यवाद दिए।

 

सिलिगुडीको ब्यस्त सिटी सेन्टरमा स्थापना गरिएको यो अत्यधुनिक सलोनमा हेयर कटिंग, कलर, फेसिअलका साथै बडी स्पा पनि गरिन्छ । यो सलोन मा एक पटक मा १० जना लाई सेवा दिन सकिने नील बताउछन । सलोनमा नील डेविड हेयर यन्द बिउती अकदेमी का बिद्याथीहरु ले पनि काम गर्ने मौका पाएका छन । यो सैलूनमा बिद्याथीहरु लाई तालिम पनि दियीने छ । हेयर डिजाइनमा ख्याती कमाएका नीलले भारतको पश्चिम बङालमा समेत लोकप्रियता कमाएका छन । यसअघी उनले दार्जीलिङ, नाम्ची सिक्किमका साथै सिलीगुड़ीमा समेत सलोन खोली सकेका छन । निकट भविस्यमा नीलले भारत कै कोलकता तथा गान्टोकमा पनि सलोन खोल्दैछन । युबा युबती माझ् हेयर स्टाइलमा अलग पहिचन बनएका नील डेविड यती बेला फेसन डिजाइनको कोर्से को समेत तयारी गर्दै छन । १२ बर्ष अघी छाडेको आफ्नो   योजनालाई नीलले अहिले आएर पुरा गर्न लागेका हुन । उनका पहिरनहरु सन २०१५ देखी बजारमा आउने छन । एउटा  भब्य फेसन शो मार्फत आफ्न कालेक्सनहरु बजारमा ल्याउने नीलको योजना छ । नेपालको बजारमा फेसनको बजारलाई अझ दक्ष बनाउन उनी आफ्नै नाममा फेसन डिजाइन ईन्स्टिच्युट पनि खोल्ने तयारीमा छन । नीलले दैनिक जीवनमा गर्ने फेसन बाट पनि उनी भविस्यमा एक सफल फेसन डिजाईनर बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.