संजय लीला भन्सालीको फिल्म रामलीला प्रतिबन्धित


हिन्दि फिल्म रामलीलालाई अदालतले रोक लगाएको छ। कोर्टको आदेश अनुसार यो फिल्म देशभरी नै चल्न पाउने छैन। १५ नोभेम्बरमा रिलिजको तयारीमा रहेको संजय लीला भन्सालीको फिल्म लाई रामलीलामा भगवान रामको अपमान गरेको आरोप लागेको छ।
Ramleela-poster
फिल्ममा धेरै अश्लीलता भएको बताइएको छ। जुन हिन्दुहरुको भगवानलाई ठेस पुग्नेछ। खासगरी फिल्ममा दीपिका पादुकोण तथा रणवीर सिंहको दृश्यमा हनुमानलाइ पनि देखाइएको छ। यो मामलामा दिल्लीको राम लीला कमिटीले कोर्टमा हिन्दुहरुको भगवानलाई ठेस पुगेको भन्दै रिट दायर गरेका थिए। यसपछि कोर्टले फिल्मलाई रोक लगाएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.