सत्यराज र स्वरूपराजको यसपालिको दशै युरोपमा


(सेलिब्रेटी नेपाल) २१ असोज-नेपालमा चर्चीत रहेका गायक दाजु भाई सत्यराज र स्वरूपराज आचार्यले दशै तिहारको अवसरमा युकेका बिभिन्न स्थानहरुमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन। आफ्ना पिताको नाममा स्थापित भक्तराज आचार्य संगीत प्रतिष्ठानको सहयोगार्थ आयोजना गरिने कार्यक्रमहरुमा आफ्ना चर्चीत गीतका साथै भक्तराज आचार्यका गीतहरु समेत प्रस्तुत गर्ने छन।
Satya-swaroop-acharya
गायक सत्य र स्वरूपले अक्टोबर १० देखी नोवेम्बर ९ सम्मा इङ्ल्यान्ड्, वेल्स तथा स्कटल्यान्ड्का बिभिन्न शहरहरुमा कार्यक्रमहरु तय भएको आयोजक संस्था अर्गनाईजेसन फर कल्चर एन्ड वेलफेयर (ओएनसिडब्लु) का अध्यक्ष दीपेश रेग्मीले बताउनु भयो । जस अन्तर्गत क्रोयोडेनमा अक्टोबर १२, रिडिङ्गमा १३ र १५ अक्टोबर, कारर्डिफमा अक्टोबर १९, सर्रेमा अक्टोबर २०, ग्लास्गो मा अक्टोबर २८, वूलविचमा अक्टोबर र ३०, ह्यारोमा १ नोवेम्बर, केन्टमा २ नोवेम्बर, एबरडिनमा नोवेम्बर ३, एडिनब्रा मा ४ नोवेम्बर तथा फारनबोरोमा ९ नोवेम्बर कार्यक्रमहरु आयोजना गरिएको छ। उक्त कार्यक्रमहरुको सह आयोजकहरु ग्रेटर रिडिङ समाज, क्रोयोडेन नेपाली कम्युनिटी,वेल्स नेपाली कम्युनिटी, क्याट युके,ग्लास्गो नेपाली एसोसीएसन, नेपाल स्कटल्यान्ड एसोसीएसन तथा मिमोसा ब्यानक्युटिङ रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.