अस्ट्रेलिया बाट सिद्धार्थको आँसु भिडियोमा


(सेलिब्रेटी नेपाल) १९ असोज-गायक सिद्धार्थ राईको दोस्रो एल्बम ‘लेन’ मा समाबेश आँशु मेरो बोलको गीतको भिडियो रिलिज भएको छ। लामो समय देखि अस्ट्रेलिया बस्दै आएका राई बिगत दश बर्ष देखि संगीत क्षेत्रमा लागेका हुन् उनको पहिलो एल्बम ‘उत्साह’ को गितहरु दर्शकहरुले मन पराएका थिए उक्त भिडियोमा गायकले आफ्नो लिप्सिंग अस्ट्रेलियामा नै खिचेका छन् भने बाँकि नेपालमा खिचिएको छ।
Sidartha-rai उनले आफ्नो दोस्रो एल्बम ‘लेन’ बजारमा ल्याउन लागेका हुन्। अरुण तिवारीको शब्द तथा बिक्रम थापाको संगीत रहेको उक्त गीतको भिडियो नरेन लिम्बुले निर्देशन गरेका छन् भने बिनय कंसाकारले गरेका हुन्। “बिदेशमा बसे पनि सँधै नेपाल र नेपाली कला संस्कृति लाई भुल्न सकिन्न आफ्नो बाध्यताले बिदेशी भूमिमा बसे पनि नेपाली कला संगीत मा केहि गर्न मन लागि रहन्छ र आफ्नो कामलाई पनि दर्शक श्रोताले मन पराइ दिनु भएको छ। अहिले म अस्ट्रेलियामा भए पनि सम्पूर्ण नेपाली हरु लाई मिस गरि र छु” उनले टेलिफोन सम्पर्कमा बताए।
सिदार्थको आँसु भिडियो हेर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.