सामाजिक कथामा बनेको ‘आफ्नो कथा आफ्नै व्यथा’



काठमाडौँ। केहि बर्ष पहिले सम्म टेलीसिरियल हेर्नको लागी टेलिभिजनमा समय कुरेर बस्नु पर्थ्यो,आजभोली प्रत्येक दिन दर्जन भन्दा बढी टेलीसिरियल यु ट्युबमा रिलिज हुने गर्दछन्। युट्युबमा आउने सिरियलले दर्शकको मन जित्ने गरेको छ। दर्शकहरुलाई यु ट्युबमा सिरियल हेर्ने बानी परे पछी नियमित सिरियल हेर्ने गरेका छन् र सिरियलले पनी राम्रो दर्शक पाए पछि यु ट्युब रोयल्टीबाट आम्दानी पनि राम्रै गर्ने गरेका छन्।

सामाजिक कथा बस्तुमा बनेको सिरियल ‘आफ्नो कथा आफ्नै व्यथा’ चौंथो भाग सम्मको प्रशारण भई सकेको छ। सिरियल सगुन इन्टरटेन्टमेन्ट नामक यु ट्युब च्यानल मार्फत नियमित प्रशारण भई रहेको छ। बाल कलाकारलाई मुख्य भुमिका बनाएर निर्माण गरिएको सिरियलको निर्माण सुरेन खड्गी र सृजना खड्गीले गरेका हुन्। ‘आफ्नो कथा आफ्नै व्यथा’ मा सृस्टी खड्गीको मुख्य भूमिका रहेको छ। खमेश श्रेष्ठको कथा तथा निर्देशन रहेको सिरियलमा सृस्टी खड्गीको साथमा समिर कार्की,प्रकाश तामाङ,सम्झना रंजितकार,आरजु श्री,मन्दिरा पोखरेल,माधब कार्की लगायतको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.