नेपालमा सम्पूर्ण भारतीय टेलिभिजन च्यानल प्रशारण बन्द गराइने


(सेलिब्रेटी नेपाल) २७ भाद्र-भारतीय टेलिभिजन च्यानलले बुद्ध भारतमा जन्मियको भन्ने गलत प्रचार गरेको कारण बैध्य निकट चलचित्र कर्मी संघले आन्दोलन घोषणा गरेको छ। बिहिबार एक बिज्ञप्ति जारी गरि अखिल नेपाल क्रान्तिकारी संघले शुक्रबार बिहान ८ बजे देखि शनिबार बिहान ८ बजे सम्म २४ घण्टा सबै भारतीय टेलिभिजन च्यानल प्रशारणमा रोक लगाउने घोषणा गरेको छ।
Zee-tv-star
जी टि भीले बुद्ध बारे टेलि सिरिएल निर्माण गरि बुद्ध भारतमा जन्मिएको भनेर प्रचार गर्नु भनेको भारतीय बिस्तारबादको नाङ्गो हस्तक्षेप हो भनेको छ। अध्यक्ष सबिन कुमार तोलांगी र महा सचिब दिनेश लिङ्गेन द्वारा जारी प्रेस बिज्ञप्तिमा राष्ट्रिय स्वाधिनताको लागि आन्दोलन थलिएको जनाईएको छ।

यस अघि बैध्य माओबादीले नेपाली सिनेमा घर हरुमा हिन्दि चलचित्र प्रदर्शनमा रोक लगाएको थियो यसै साता जीटिभी बाट प्रशारण हुने बुद्ध सिरिएलको प्रिमिएरमा कलाकारले बुद्ध भारत मा जन्मिएको भनेर गलत अभिव्यक्ति दिएका थिए व्यापक बिरोध र आक्रोश पछि जीटिभीले माफी मागेको थियो।