‘मैले जे भोगेँ’ हरिबंश आचार्य


Haribansha-acharya-programe
(सेलिब्रेटी नेपाल) १३ भाद्र-एन्टेना फाउन्डेसनले निर्माण गरेको कार्यक्रम ‘मैले जे भोगेँ’ भदौ २२ गतेदेखि नेपाल टेलिभिजनमा प्रस्तुत हुने भएको छ। दुई दर्जनभन्दा बढी व्यक्तिसँग कुरा गरिएको कार्यक्रमलाई ८ श्रृंखलामा बाँडिएको छ। यस कार्यक्रमको प्रस्तोताको रुपमा बरिस्ठ कलाकार हरिबंश आचार्यले विभिन्न भोगाइका मान्छेहरूलाई फरकफरक परिवेशमा अन्तरबार्ताको रुपमा कार्यक्रम संचालन गर्ने छन्।

केही समय अघि ‘चिना हराएको मान्छे’ लेखेर चर्चामा चर्चा थपेका हरिवंश नेपालका पूर्वपश्चिमका दुर्गम जिल्लाका कथाहरू कार्यक्रममा समेट्न गाउँगाउँ पुगे। गाउँ गाउँ पुग्दा उनलाई छुट्टै अनुभूति र उर्जा मिलेको उनले बताए। कुनै बेला हरिवंशलाई आफ्नो दुख संसारकै ठूलो लाग्थ्यो। नेपाली गाउँसमाजका विभिन्न पात्रहरूको कथा सुन्दा उनलाई लाग्यो, ‘मैले भोगेको आफ्ना मान्छे गुमाउनु र अभाव भोग्नुको दुख त केही होइन रहेछ।’

उनले कार्यक्रममा छाउपडी,शिक्षा,बाल यौन दुव्र्यबहार अभिभावकविहीन बालबालिका, कुपोषण, बालविवाह, बाल हिंसा, अपांगताजस्ता विषयमा आधारित कुराकानी प्रस्तुत गर्नेछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.