चेन्नई एक्सप्रेसले थ्री इडियट्सको रेकर्ड तोड्दै नयाँ रेकर्ड


Shah-Rukh-Khan-Deepika-Padukone-Chennai-Express-Poster
शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘चेन्नई एक्सप्रेस’ ब्यापारका हिसावले अहिलेसम्मकै सबैभन्दा सफल बलिउड फिल्म बनेको छ । ‘चेन्नई एक्सप्रेस’ले बलिउडमा यसअघि रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड आफ्नो नाममा दर्ता गराएको छ।

चेन्नई एक्सप्रेसले बलिउड इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी रकम संकलन गर्न सफल भएको हो। रोहित शेट्टीले निर्देशन गरेको यस फिल्मले पछिल्लो शुक्रबारसम्म २०२.६७ करोड भारु आम्दानी गरेको छ । बलिउड इतिहासमा कुनै एक फिल्मले भारतीय बक्स अफिसबाट यति ठूलो धनराशि संकलन गरेको यो नै पहिलो पटक भएको भारतीय सञ्चारमाध्यम ‘आजतक’ले जनाएको छ।

चेन्नई एक्सप्रेसले यसअघि सबैभन्दा बढी आम्दानी गरेको अभिनेता आमिर खानको चर्चित फिल्म ‘थ्री इडियट्स’को रेकर्डलाई तोडेको हो । सन् २००९ मा प्रदर्शनमा आएको फिल्म ‘थ्री इडियट्स’ले बलिउडमा २०२.४७ करोड भारु आम्दानी गरेको थियो।

बलिउडमा ‘चेन्नई एक्सप्रेस’ले ‘थ्री इडियट्स’लाई आम्दानीमा उछिनेको जानकारी आज बिहानै भारतीय चलचित्र विश्लेषक तरण आदर्शले आफ्नो ट्वीटर मार्फत गराएका थिए । यद्यपी बलिउड बक्स अफिसको आधिकारीक रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ।

गत अगस्ट ९ तारिखका दिन प्रदर्शनमा आएको फिल्म ‘चेन्नई एक्सप्रेस’ले यसअघि सबैभन्दा छिटो एक सय करोड पुग्ने रेकर्ड पनि आफ्नो नाममा लेखाएका थियो । चेन्नई एक्सप्रेसले प्रदर्शनको चौंथो दिनमा नै एक सय करोड भारु आम्दानी गर्न सफल भएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.