मिलापको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान सम्पन्न



काठमाडौं । मिलाप मासिक पत्रिकाले बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो । नेपालीहरूको महान् पर्व बडादशैँको पूर्वसन्ध्यामा भएको समारोह प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसंगीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना माता पिताको नाममा स्थापित गर्नुभएको हो । यसअघि यो पुरस्कार सम्मान कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको थियो ।

समारोहमा वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, वरिष्ठ गीतकार अमर वान्तु र अम्बिका गुरुङलाई ‘मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मान’ अर्पण गरिएको थियो । मिलापका प्रकाशक/सम्पादक कृष्ण भुसालको सभपतित्वमा भएको कार्यक्रममा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्मात/निर्देशक रोशनी केसी, गीतकार कवि प्रकाश सुवेदी, निर्देशक कलाकार शेखर खनाल, भिडियो सम्पादक निर्देशक निशानबाबु घिमिरे, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, गीतकार प्रदीप पाण्डे, साहित्यकार जनक रावल, गीतकार समीर राई, साहित्यकार रमेश दाहाल, गायक चित्रकार सुरेन्द्र महर्जन, व्यवसायी प्रमोदप्रसाद चौधरी, साहित्यकार समाजसेवी शैलेन्द्र चापागाईं, गीतकार गणेश घिमिरे, टाटु आर्टिष्ट सुमिना श्रेष्ठ र चाँदनी कुँवरलाई विशेष सम्मान गरिएको थियो । यस्तै, पत्रकार सूर्य चन्द, अक्कल कुँबर, लेखनाथ पोखरेल, सुमित रजक र रमेश बोहोरालाई मिलाप पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

मिलापकी कार्यकारी सम्पादक तथा कार्यक्रम संयोजक गीता अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकाली, गायक सीताराम पोखरेल, गायक/संगीतकार कन्हैया सिंह, वरिष्ठ सञ्चारकर्मी, कोरियोग्राफर, मोडल जयन सुब्बा मानन्धर, विशिष्ठ कलाकार लय संग्रौला, साहित्यकार खेमनाथ दाहाललगायतले बडादशैँको शुभकामना मन्तव्य राख्दै मिलापले गरेका कार्यको प्रशंसा गर्नुभएको थियो ।

दीपा तामाङ र प्रनिता खड्काले नृत्य प्रस्तुत गर्नुभएको कार्यक्रममा वर्षभरी मिलापको कभरमा आएका स्रष्टालाई कभर सम्मान अर्पण गरिएको थियो । वरिष्ठ गायक एवं संगीतकार कन्हैया सिंह, साहित्यकार लेखनाथ पोखरेल, नायक गजित विष्ट, गायिका काव्य आचार्य, गायक प्रदीप पाठक, गायक माधव भण्डारी, गीतकार हरि उप्रेति, साहित्यकार वसन्त श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, संगीतकार दीपक शर्मा, कोरियोग्राफर जोगेन्द्र केसी, सम्राट दाहाल, रेशमकुमार विश्वकर्मा, शैलाप वाइबा, कीर्तिमान तामाङलगायतलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो ।

सञ्चारकर्मी दीप ज्योति थापाले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा, सञ्चारकर्मी थापा, नृत्यकार खडका र तामाङ एवं रमेश थापालाई मायाको चिनो प्रदान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.