‘महागफाडी’को लागी छानीए टप १८ प्रतिस्पर्धी



काठमाडौं। टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ । यो शोका निर्देशक नरेश नाथ योगीका अनुसार हजार बढी आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानीएका छन् ।

फिजिकल अडिसनबाट टप १८ मा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरी गजुरेल, हुकुम बाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्ली राज अधिकारी, कर्मा लामा र निरोज त्वायाना छानिएका हुन् ।

निर्माण कम्पनिका अनुसार कुनै एक टेलिभिजनबाट टप १८ राउण्डको प्रसारण गरिनेछ । ‘महागफाडी’का निर्देशका नरेश नाथ योगी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन् । उनी भन्छन्, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने बताउँछन् ।’

ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण भैरहेको रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिक सहभागीले आफ्नो मातृभाषामा समेत अडिसन दिएका थिए ।

यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिएको थियो । दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ ।

‘महागफाडी’को निर्णायक मण्डलमा बरिष्ठ हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन् । अभिनेता कामेश्वर चौरासियाले यो कार्यक्रमको सञ्चालन गर्नेछन् । यही शोबाट लामो समयपछि कामेश्वर टेलिभिजनको पर्दामा देखिँदैछन् ।

‘महागफाडी’को विजेताले १५ लाख नगद तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.