रिलिज को एक साता अगाडी पुन सुटिंग


सेलेब्रेटी नेपाल कार्तिक १७ -सर्लाही जिल्लामा सम्पूर्ण छायांकन गरियको चलचित्र लंका को रिलिज नजिकिदै गर्दा एउटा गीत को छायांकन गरियको छ। केहि दिन अघाडी मात्र आयको समाचार अनुसार सर्लाहीमा अग्रिम टिकट बुकिंग को लागि लर्को नै लागेको भनियको थियो। पहिले सुटिंग गर्दा बजेट कम्परमाइज गरेर अहिले चलचित्र लगानी उठाउने सम्भावना देखियकाले पुन छायांकन गरियको हो कि भन्ने गाई गुइ चलचित्र बजारमा सुनिन थालेको छ। झण्डै एक बर्ष अगाडी पौष महिनामा सुटिङ गरिएको लंकाको यो पल फेरि आउला नआउला बोलको गीतको सुटिङ गरिएको थिएन ।यो गीतको छायांकन ढिला गर्नुको कारण बताउदै निर्देशक श्याम भट्टराइले भने-’गीतमा फूलैफूल चाहिने भएकाले फूलको मौसम पर्खिएका हौं ।श्याम भटराई निर्देशित चलचित्र लंका यहि कार्तिक २४ गते बाट रिलिज हुदै छ। रिलिज हुनु भन्दा एक हप्ता अगाडी पुन सुटिंग गरियको सम्भबत यो पहिलो नै हुनु पर्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.