बाह्रखरी ‘उत्कृष्ट कथा’का कथा सिनेमाका लागि कथा हुन सक्छन्



काठमाडौं । ‘बाह्रखरी ‘उत्कृष्ट कथा’का कथा सिनेमाका लागि कथा हुन सक्ने बताइएको छ । बाह्रखरी ‘उत्कृष्ट कथा’मा समावेश कथाबाट चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म र नाटक बनाउन सकिने समीक्षक तथा सर्जकहरूको धारणा छ ।

पाँचौँ डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि आइतबार भएको कथा आह्वान घोषणासभामा पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, सर्ट फिल्म, चलचित्र र टेलिचलचित्रमा रूपान्तरण गर्न सकिने बताइन् ।

सिनेमा र नाटकका लागि कथा भएन भन्ने गुनासो धेरै समयदेखि आफूले सुन्ने गरेको भन्दै उनले प्रतियोगिताका कथाबाट नाटक र सिनेमाको कथा बनाउन सकिने बताइन् ।

आफूले बाह्रखरीको ‘उत्कृष्ट कथा’मा समाबेश कतिपय कथाका विषयबस्तु नाटक सिनेमा र टेलिचलचित्र बनाउन उपयुक्त रहेको पाएको उनको भनाइ छ ।

डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले पनि बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई सिनेमा र टेलिसिरियल बनाउन सकिने धारणा राखे । आफूहरू टेलिभिजन सामग्री उत्पादर प्रशारणमा पनि संलग्न भएकाले बाह्रखरी कथा प्रतियोगितामा आउने कथामा सिनेमा र टेलिभिजन सामग्री बनाउन सकिने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.