मिस इकलेजमा २० युवती छानिए


Miss-ecollege
(सेलिब्रेटी नेपाल) १ भाद्र- सिजन मिडियाको आयोजनामा हुन लागेको मिस इकलेज २०१३ को चौथो संस्करण अन्तर्गत पहिलो चरणको छनौट सम्पन्न भएको छ।पहिलो चरणमा २० जना प्रतियोगिलाई छनौट गरिएको सिजन मिडियाले जनाएको छ ।‘वुमन पर्सनालिटी एजुकेशन एण्ड व्यूटी’ भन्ने नाराका साथ देशभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए।

पहिलो चरणको छनोटमा नेपाल टुरिजम वोर्डका प्रोगाम डाइरेक्टर गोविन्द वली, मिस इकलेज २०१० की विजेता सलोनी नुमाफुकी, फष्ट रनरअप सोनिया श्रेष्ठ तथा कोरियोग्राफर रोजिन शाक्य अडिसनको निर्णायक मण्डल रहेका थिए। छनोट भएका प्रतियोगीहरुलाई भाद्र ४ गतेबाट पौडी, शारीरिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकासलगायतका प्रशिक्षण दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले मिस इकलेज २०१३ को ताजसहित महिन्द्रा रोडियो स्कुटर र उच्च शिक्षामा १ लाख बरावरको छात्रावृत्तिका साथै अन्य पुरस्कारहरु पाउने छिन्। फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.