काठमाडौँ। नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित नेवार सुन्दरीहरुको प्रतिभामूलक प्रतियोगीतामा चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी छन्। सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी हुन। सकिनाले उपाधिवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन्। मंगलबार राती कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवारी कला, संस्कृति र भेषभुषामा भव्यताका साथ सम्पन्न प्रतियोगितामा उनी प्रमूख उपाधिका साथ मिस पर्सनालिटी उपउपाधि विजेता पनि भएकी छन्। त्यसैगरी काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस पब्लिक च्वाइस र डल्लुकी मिनशा महर्जन सेकेण्ड रनर्सअप भएकी छन्। रिधिशा र मिनशाले पुरस्कारवपात क्रमशः २५ र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन्।
प्रतियोगितामा कृष्टी प्रजापति मिस ट्यालेन्ट र तस्बिर मिस फोटोजेनिक, अंशु प्रजापति वेस्ट नेपाल भाषा, तिमिला महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ, एड्रिना श्रेष्ठ वेस्ट ड्रेस, खुशी डंगोल मिस कल्चर, तुलसी कंसाकार मिस ट्यालेन्ट फस्ट रनर्सअप, रितिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप, सुबिता देउला सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, अविशा कपाली सोसियल वेलफेयर एम्बेस्डर चिफ सेकेण्ड रनर्सअप र मिस फ्रेन्डशिप, तुलसा प्रजापति वेस्ट हेयर, युनिशा महर्जन मिस चार्मिङ र रोजिना महर्जन मिस डिसिप्लिन उपाधि विजेता भएका छन्।
मिस नेवा ः नेपाल ११३१ तथा काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य र वरिष्ठ समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न १८ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन्। प्रमूख अतिथी काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले आफु मिस नेवाः भएकै कारण यहाँसम्म पुगेको र आफुलाई पूर्व मिस नेवाः नभई मिस नेवा ः मात्र भन्न आग्रह गर्दै एकपटकको मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन्। उनले नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको समेत बताइन्।
समाजसेवी देवराज डंगोल, मिस नेवाः नेपाल ११४२ सलिना महर्जन, नेपाल टेलिभिजनको पहिलो महिला टेलिभिजन समाचार बाचिका, पूर्व सकर खेलाडी तथा राष्ट्रिय नेपाल महिला फुटबल टिमकी कप्तान रमा सिंह, टोखा नेवा गुठीका अध्यक्ष रमेश नापित, उप्रेती सेवा समाज समितिका अध्यक्ष सोवित उप्रेती र केन्द्रीय सचिव बलराम प्रसाद, भक्तबिर सिंह तुलाधर फाउन्डेसनका अध्यक्ष अवाणी तुलाधरलगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल टेलिकम प्रमुख सञ्चालन अधिकृत कार्यालयका प्रबन्धक सरोजकुमार शाक्य प्रमुख निर्णायक रहेका थिए भने नेपाल क्योकुसिन सेशिन काइकान करातेका अध्यक्ष अशोककुमार श्रेष्ठ, आईपीडीजी लायन्स क्लब अफ डिस्ट्रिक ३२५ यल मनिश्री रत्न बज्राचार्य, नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीबेश्वरलाल श्रेष्ठ, दन्त विशेषज्ञ डा. शिक्षिता श्रेष्ठ, नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित, माँ बगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन र नेपाल बक्सिङ फेडेरेसनका अध्यक्ष राम अवाले निर्णायक थिए।