बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’सम्पन्न

खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा विभिन्न देशका गरेर १५० जना सहभागी भएका थिए।



काठमाडौँ। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’सम्पन्न भएको छ। तिन दिन सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कम्पिटिसनमा विजेताले नगद पुरस्कार संगै ट्रफी हात पारेका छन्। महिला फिजीक विजेता भक्तपुरकी जस्मिन योञ्जन,बडीबिल्डिंग ५५ केजी समूहमा भक्तपुरका सुरेश दुवाल,बडीबिल्डिंग ६० केजी समूहमा पोखराका कमल राज, बडीबिल्डिंग ६५ केजी समुहमा इटहरीका पुष्प शंकर,क्लासिक फिजीक १७० उदयपुरका दिलिप चौधरी र ओभरअल बडीबिल्डिंग भारतका किशोरले जित्न सफल भएका छन्। इन्डियामा प्रसिद्ध शोको फ्रेन्चाइजलाई नेपालमा ल्याएर गरिएको कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।

खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा विभिन्न देशका गरेर १५० जना सहभागी भएका थिए। कार्यक्रममा सहभागी हुन बलिउड सेलिब्रेटी साहिल खान नेपाल आएका थिए। कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहेको थियो। खरेल अर्गनाइजेसनका अध्यक्ष सज्ञान खरेलले यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्दै जाने बताए। यस्ता कार्यक्रमले खेलाडीले आफुमा भएको प्रतिभालाई प्रस्फुटन संगै देश बिदेशमा ख्याती कमाउन सक्ने उनले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.