आशिष र अजयले ल्याए गाइजात्रे कोसेली ‘दिल्लीको मुर्रा’

‘दिल्लीको मुर्रा’मा देशमा बर्षभरि घटेका बिषयबस्तुमाथि चेतनात्मक रुपमा ब्याङ्ग्य प्रस्तुत गरिएको छ ।



काठमाडौंँ । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्व हो । यो पर्वलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्यका सामाग्रीहरु सार्वजनिक हुने गरेका छन् । यस्तै १४ भदौमा परेको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरी र अजय शाह ठकुरीले कमेडी कोसेली ‘दिल्लीको मुर्रा’ सार्वजनिक गरेका छन् । राजनीतिक, आर्थिक, सामाजिक लगायत बिभिन्न बिषयबस्तु समेटिएको ‘दिल्लीको मुर्रा’मा देशमा बर्षभरि घटेका बिषयबस्तुमाथि चेतनात्मक रुपमा ब्याङ्ग्य प्रस्तुत गरिएको छ ।

‘गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगती प्रति ब्याङ्ग्य गर्नु हो’, आशिषले भने ‘त्यहि पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेका छौँ ।’ पछिल्लो समय रोजगारीका लागि कोरिया पुगेका आशिष र अजयले ‘दिल्लीको मुर्रा’ उतैबाट सार्वजनिक गरेका हुन् । रेडियो कान्तिपुरको हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा अनुभव भएका आशिष र अजयको यो कोसेलीमा पनि सहकार्य रहेको छ ।

‘दिल्लीको मुर्रा’को छायांकन अजय शाह र सम्पादन आशिष आफैले गरेका छन् । करिव १७ मिनेटको भिडियो सहितको ‘दिल्लीको मुर्रा’ मा उल्लेखित व्यङ्ग्यात्मक प्रस्तुतिले दर्शक तथा श्रोताको मन जित्ने विश्वास आफुलाई रहेको आशिषले बताए । भिडियो अनलाईन चौतारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । गतबर्ष आशिषले ‘बालकोटको बार्दली’ नामक कमेडी कोसेली सार्वजनिक गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.