प्रकाश कटुवालको तीज गीत ‘नाठो पोई’ सार्वजानिक (भिडियो)



काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज नजिकीदै गर्दा कलाकारहरु यतिबेला तीजका गीत गाउँन र गीतको म्युजिक भिडियो बनाउँन व्यस्त छन् । हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आ-आफ्नै शैलीमा तीज गीतहरु सार्वजनिक गरी रहेका छन् । यसै क्रममा गायक प्रकाश कटुवालको तीज गीत ‘नाठो पोई’ सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरूआमा’ले गरेकी हुन् । प्रकास कटुवालकै शब्द, संगीत रहेको गीतमा प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर रहेको छ । भिडियोमा प्रकाश कटुवाल रामचन्द्र अधिकारी, निया गौतम, शोभा बिक र साजन बास्कोटाको अभिनय देख्न सकिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.