‘मिसेस तामाङ २०२३’ को ताज सरिताले जितिन्



काठमाडौं। ‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङले जितेकी छिन् । गत शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा सरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज जितेकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीपसमेतको उपाधि जितिन् ।प्रतियोगिता आयोजना एसके इन्टरटेनमेन्ट प्रा.लि.ले गरेको हो । कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख अतिथ्यतामा राष्ट्रिय नाचघरमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएको थियो ।

अन्तिम प्रतिश्पर्धाको निर्णायकहरुमा बरिष्ठ गायक आनन्द कार्की, गायक विश्व दोङ, गायक रोशन तामाङ, ब्यबसायिक मेकअप आर्टिष्ट टेकराज पाण्डे, रमला पाख्रिन, गायिका समाजसेवी तथा फेशन डिजाइनर सोनिका लामा रहेका थिए ।फष्ट रनर दुर्गा तामाङ बनिन्, उनले फेसपुक च्वाइस पपुलर र ईणॅटेलिजेण्टको उपाधिसमेत जितिन् । यस्तै सेकेण्ड रनर अप सुस्मिता तामाङ, थर्ड रनर अप मिना तामाङ र फोर्थ रनर अप मनिषा तामाङ बनिन् ।

यसैगरी मिसेस तामाङ अनेष्टको उपाधि मनिषा, फ्रेण्डशीपको उपाधि शुष्मिता , डिसिप्लिनको उपाधि सर्मिला, स्माइलको उपाधि मोनिका, हार्ड वर्किंगको उपाधि इचुला र मिसेस एक्टिभको उपाधि देउतीले तामाङले जितिन् । बिजयी प्रतिश्पर्धीहरुलाई ट्रफी र प्रमाणपत्रलगायतले पुरस्कृत गरिएको थिए ।

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियोमा समेत सहभागिता जनाउन पाउने आयोजक एसके इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी दिइन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.