चलचित्र ‘लुङा’लाई धरानमा दर्शकको राम्रो साथ



काठमाडौँ । निर्माता ज्योतिराज राईको ब्यानरमा निर्माण भएको चलचित्र ‘लुङा’ शुक्रवारबाट देशभर प्रदर्शनमा आयो । चलचित्रले औषत व्यापार गरेको छ । चलचित्रलाई धरानमा दर्शकको राम्रो साथ मिलेको छ । धरानमा चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले चलचित्रको प्रसंशा गरे । केही दर्शकले चलचित्रले उठान गरेको विषयवस्तु मज्जा लागेको प्रतिक्रिया दिए।

लिम्बु समुदायको युवा युवती विचको प्रेम र प्रेमका कारण भोग्नुपरेको पिडा तथा खुशीलाई चलचित्रले प्रस्तुत गर्न खोजेको छ । धरानको चलचित्र प्रदर्शनमा संयोजन गरेका याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले चलचित्र उत्कृष्ट बनेको उल्लेख गरे ।

चलचित्रले काठमाडौँ बानेस्वरमा रहेको वान सिनेमामा पनि दर्शकको उलेख्य साथ पाएको छ। शुक्रवार दिउँसोको शो हाउसफुल रहेको निर्माता ज्योतिराज राइले जानकारी दिए। आज शनिवार पनि पूर्वका थुप्रै शोजहरुमा दर्शक राम्रो रहेको राइले बताए।

पुर्वी नेपालको पहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायका युवा युवतीहरुको प्रेम कथालाई मुख्य विषयवस्तु बनाएर चलचित्र निर्माण गरिएको छ । किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टि आर साम्सोहाङसह निर्माता रहेका छन्। चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा किरण राईको छायांकन तथा सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.