काठमाडौँ । भुवन चैत्य बसुन्धारा फाउण्डेसनले बर्ष २०७८ र २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार एकसाथ वितरण गर्ने भएको छ । फाउण्डेसनका अध्यक्ष भुवन थापा चन्दको अध्यक्षतामा मिति २०८०/०३/०१ मा बसेको बैठकले शो निर्णय गरेको हो । निर्णय अनुसार ०७८ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल र ०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचत्रकर्मी नीर शाहलाई प्रदान गरिने भएको छ ।
यसैगरी सोही विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गरिनेछ ।
सोही अवसरमा विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार अर्पण गरिने भुवन चैत्य बसुन्धारा फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति, रंगमञ्च, गीतसंगीत र साहित्यका सर्जक, श्रष्टालाई उनीहरुको योगदानको आधारमा पुरस्कारबाट सम्मान गर्दै आएका छ । पुरस्कारको राशी जनही ५१०००/– (एकाउन्न हजार) रहेको छ ।
पुरस्कार साउनको तेस्रो साता विशेष समारोहकाबीच वितरण गरिने फाउण्डेसनका महासचिव मोहन निरौलाले जानकारी दिए ।