अमिसा बजगाईंको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक



काठमाडौं । अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक गरिएको छ । संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्रकै कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको छ ।

म्युजिक किचन स्टुडियो र मनोज परियारको मिक्सिङ मास्टरिङ रहेको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै राजेन्द्रले छोटो समयमा राम्रो काम भएको बताउँदै ६ दिनमा अडियो भिडियो तयार गरिएको जानकारी गराए। चरण बजगाईं, शीतल बजगाईंको प्रस्तुति रहेको यो भिडियो नेपाल घुम्न आउँदा बनाएको उनको भनाइ थियो।