सविरको ‘लैजाउ माया’ मा पुष्प र नम्रता (भिडियो)



काठमाडौँ। चलचित्र निर्देशक सविर श्रेष्ठको निर्देशनमा ‘लैजाउ माया’ बोलको गीतको म्युजिक भिडियो हाईलाइट्स नेपाल मार्फत सार्वजानिक गरिएको छ । मेलिना राई र किरण भुजेलको आवाजमा रहेको गीतमा संगीत सुवास भुषालको रहेको छ भने शब्द सन्दिप डांगीको रहेकोछ ।
निर्देशक श्रेष्ठ पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त रहेका छन्।

अभिनेता पुष्प खड्का र अभिनेत्री नम्रता सापकोटाको मुख्य भुमिका रहेको सार्वजनिक भिडियोमा ३० जना कोरसको प्रस्तुती रहेकोछ । डान्सिङ उइथ स्टार
नेपाल सेकेण्ड रनर–अप तथा बुगीवगी नेपालका टप ९, सुभम् भुजेलको कोरियाग्राफी रहेको भिडियोमा छायांकन ईश्वर सिन्केमनाले गरेका हुन् भने कलर रेनिश फागो र सम्पादन भुपेन्द्र अधिकारीको रहेको छ । हाईलाईट्स नेपालको प्रस्तुती रहेको भिडियो जनक तामाङले निर्माण गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.