दाङमा राष्ट्रियस्तरको अभिनय प्रतियोगिता हुने



काठमाडौँ । दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्नेछन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

आगामी जेठ २० गते घोराहीमा पहिलो अडिसन हुने भएको छ । अडिसनबाट १० जना छनोट गरि प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवमा आफ्नो प्रस्तुति दिनेछन् । अभिनय प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेलाई नगत सहित पुरस्कार दिईने छ । कार्यक्रम चलचित्र विकास बोर्डको आयोजना तथा चलचित्र पत्रकार संघ दाङको सहकार्यमा कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रम सफल पार्नका लागि सङ्घका सदस्य झग्गु भण्डारी संयोजक रहने गरि ३ सदस्य समिती गठन गरीएको छ । जसको सदस्यमा भुपेश ओली र आशिष के सी रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.