मुनाले दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै



काठमाडौँ। गत जेठ ४ गते राजधानीमा भव्यताका साथ सम्पन्न मिस हेरिटेज ग्लोबल नेपाल २०२३ को ताज चुमेकी चितवन भरतपुरकी २७ वर्षीया मुनाले आगामीे २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।

उक्त प्रतियोगीताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अप्रिका पुग्नेछिन्। मुनाले उक्त प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा नेपालको सम्पदा झल्कने करिव ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्ने छिन्। यसका साथमा उनले विश्वका ५५ देशका सुन्दरीको सहभागीता रहने सो अन्र्तराष्ट्रिय प्रतियोगिताका सहभागीविच नेपालको कला, संस्कृती, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन्।

मिस हेरिटेज ग्लोबल नेपालका नेशनल डाईरेक्टर उद्धव अधिकारीले संसारभरका सुन्दरीले स्पर्धा गर्ने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा मुनाले नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु मुलुककै लागि गौरवको विषय भएको बताए। ‘नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पु¥याउने छिन् भन्ने हामीले विश्वास लिएका छौँ, यो प्रतियोगिताले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा हामीले राखेका छाँै। मिस हेरिटेज ग्लोबल नेपालका तर्पmबाट मुनालाई उनको आगामी यात्रामा सर्वथा सफलताका लागि शुभकामना दिन चाहन्छु,’ अधिकारीले भने।

भारतको बेंगलोरबाट उच्च शिक्षा हासिल गरेकी मूनाले त्यहाँकोे राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन्। मोडलिङमा समेत सफल रहँदै आएकी उनले ख्यातिप्राप्त अन्तराष्ट्रिय प्रतियोगीता मिस हेरिटेज ग्लोबलको ग्राण्ड फिनालेमा दरिलो रुपमा उभ्याउनका लागि विभिन्न खालका तालिममार्फत आफूलाई तयारी गर्दैै आएकी छिन्। मिस हेरिटेज ग्लोबल नेपाल अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षण्मा सहयोग पु¥याउनुका साथै युवतीहरुलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तिकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ। मिस हेरिटेज ग्लोबल नेपालले विभिन्न कार्यक्रममार्फत सांस्कृतिक संरक्षण, सामाजिक उत्तरदायित्व र महिला सशक्तिकरणलाई बढावा दिँदै आईरहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.