चलचित्र ‘परस्त्री’ का तीनवटा गीत भारतीय गायक गायिकाले गाउने



काठमाडौं । नेपाल र भारतमा एक साथ रिलिज हुने नेपाली चलचित्र ‘परस्त्री’का तीनवटा गीत भारतीय गायक गायिकाले गाउने भएका छन् । अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाउने भएका हुन् । अमित, सोनल र कुनल तीनैजना बलिउडमा लोकप्रिय प्लेब्याक सिंगर हुन् । कुनल गञ्जवालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गाउन बाँकी छ । ‘सोनल र अमितले पनि आज गीत रेकर्ड गर्दैछन्,’ परस्त्रीका निर्देशक सुरज पाण्डेले भने ।

नेपालीमा भने केतन क्षेत्री र निकिथा थापाले गीत गाएका छन् । भारतीय गायकले गाएका गीत भने जेठ १६ गते रिलिज गर्ने निर्देशक सुरजले जानकारी दिए । इन्डो–नेपाली सिनेमा ‘परस्त्री’ जुन ३० अर्थात असार १५ गते नेपाल र भारतमा यो सिनेमा एकसाथ रिलिज हुँदैछ । सुरजले निर्देशन गरेको चलचित्रमा दीपेन्द्र के खनालले कथा लेखेका छन् । शर्मिला पाण्डेले निर्माण गरेको सिनेमा डीएस डिजिटलको प्रस्तुति रहेको छ ।

‘परस्त्री’ हिन्दी भाषामा डबिङ भइसकेको छ । ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका थिए । चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.