रामप्रसादको गीतमा विदेश पलायन हुनेको कथा (भिडियो)



काठमाडौँ । स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएको कथालाई टिपेर निर्माण गरिएको ‘बाध्य भयौनी’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक रामप्रसाद पौडेलले गीतको निर्माण गरेका हुन् । गीतमा शब्द र संगीतसँगै अभिनय पनि उनकै रहेको छ भने उनीसँग स्वरमा रेजिना परियारले साथ दिएकी छिन् ।

स्वदेशमा रोजगारी नपाएको, देश बनाउने नेताहरु जिम्मेवार नभएको र साहुँको ऋण तिर्न नसकेर नेपाली भित्रकै कथालाई गीतमार्फत देखाइएको रामप्रसाद बताउँछन् । ‘नेपालीहरु रहरले भन्दा पनि बाध्यताले विदेश गइरहेका छन् । गीतको कथा अधिकांश नेपालीको जनजीवनमा मिल्छ ।’ रामप्रसाद भन्छन्, ‘यो गीतको विदेशमा गएका नेपालीलाई नेपाल फर्काउने र देशकै केहि गर्नुपर्छ भनेर सम्झाउने उद्देश्य पनि हो ।’

गीतको भिडियोमा गायक रामप्रसादले आफ्नै परिवारलाई फिचर्ड गरेका छन् । भिडियोमा उनीसँगै राधिका पौडेल, प्रदीप एडि, स्पन्दन पन्त लगायतको अभिनय रहेको छ । गायक रामप्रसादकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई मनिष पन्तले खिचेका हुन् भने पदम सुवेदीले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.