दीप श्रेष्ठ र जुनु गौतमको ‘रानी महल’ सार्वजनिक (भिडियो)



काठमाडौं । गायक दीप श्रेष्ठ र गायिका जुनु गौतमको आवाज रहेको ‘रानी महल’ गीतको भिडियो सार्वजनिक गरिएको छ । नवीन श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन भने प्रमोद परियारले गरेका छन् । प्रशन्न पौडेलले निर्देशन गरेको गीतको भिडियोमा विनोद न्यौपाने र अनिशा न्यौपानेको अभिनय रहेको छ । तारा थापाको सम्पादन तथा निशल पौडेलको छायांकन रहेको भिडियोमा गीतको भावलाई कलात्मक रुपमा देखाउने कोसिस गरिएको छ ।

शब्दको भावलाई स्वर र भिडियोमा उतारिएको छ । गायिका गौतमले भनिन्, ‘गीत रेकर्ड गर्दा यो गीतको शब्दले मलाई यसरी स्पर्श गर्यो कि म पाल्पा नै पुगेजस्तो भयो । यससँग सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दछु ।’ गीतकार तथा संगीतकार नवीन श्रेष्ठले आफ्नो जीवन भोगाइलाई गीतमा चित्रण गर्ने कोसिस गरेको सुनाए । उनले भने, ‘मेरो जीवनको वास्तविक भोगाइलाई शब्द तथा संगीतमा उतारेर मैले दर्शक स्रोतामाझ चढाएको छु ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.