अनलाइनबाटै चलचित्र दर्ता गर्ने प्रक्रिया मिलाउँदै विकास बोर्ड : प्रवक्ता बुढाथोकी



सेलिब्रेटी नेपाल । चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बोर्डमा चलचित्र दर्ताका लागि अनलाइन प्रणाली लागु गर्न लागेको बताए । उनले सानो लगानीको चलचित्र पनि दर्ताका लागि विकास बोर्ड पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न अनलाइन प्रणाली लागु गर्न लागेको बताए । ‘नयाँ चलचित्र दर्ताका लागि विकास बोर्ड जानुपर्ने बाध्यता अहिले छ ’ उनले भने।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको स्वागत सम्मान एवं साक्षात्कार कार्यक्रममा प्रवक्ता बुढाथोकीले विदेशीको नक्कल गरेर नेपाली चलचित्र बन्न नसक्ने बताए । उनले नेपाली मौलिक कला, संस्कृतिमा आधारित चलचित्रमात्रै नेपाली चलचित्र हुने बताए ।

उनले दाङलाई चलचित्र छायाँकनको नगरी बनाउन थुप्रै सम्भावना रहेको समेत बताए। विभिन्न जातजातिको बसोबास रहेको दाङ जिल्लामा स्थानीय भेषभुषा,कला संस्कृति, रहनसहनलाई समेटेर चलचित्र निमाणर् गर्न सकेमा दाङलाई अन्तराष्ट्रिय जगतमा चिनाउन सकिने बताए ।

हालै चलचित्र विकास बोर्डको प्रवक्तामा नियुक्त भएका बुढाथोकी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियानका लागी पुगी रहेका हुन् ।

चलचित्र पत्रकार सघं नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । चलचित्र पत्रकार सघं दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.