रतनको गीत ‘चम्किदे चाँद’मा चक्र र उषाको ठुम्का



काठमाडौँ। गायक तथा संचारकर्मी रतन देवकोटाको स्वर र शब्द रचना रहेको गीत ‘चम्किदे चाँद’ सार्वजनिक गरिएको छ । रतनलाई स्वरमा स्मृति शाहीले साथ दिएकी छन् । रतनको आफ्नै च्यानलबाट सार्वजनिक गरेको गीतमा चक्र बमको संगीत र केशव वडुको संगीत संयोजन रहेको छ ।

‘देउडा फ्युजन’ भाकामा बनेको गीत नेपाली दर्शकले बुझ्ने खालको छ । रतनले ‘यो कस्तो शिक्षा हो, होमवर्क, ओई सुवा, सुन माया, रुपस्या जोवन’ लगायतका गीत निर्माण गरिसकेका छन् । यो गीतले पनि दर्शकको मन जित्नेमा रतन ढुक्क छन् ।

रतनले नै निर्माण गरेको भिडियोमा चक्र बम र उषा उप्रेतीले ठुम्का लगाएका छन् । विक्रम चौहानको निर्देशन र कोरीयोग्राफी रहेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् । भिडियोमा मिलन विश्वकर्माको कलर र सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.