पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी सुरू



काठमाडौँ । फोटो पत्रकारद्वय कुवेर डंगोल र नरेन्द्र श्रेष्ठद्वारा संग्रहित पाटनकी पुर्व कुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी सुरू भएको छ। विक्रम संवत २०६७ सालदेखि २०७१ सालको अवधिमा पाटनमा जिवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्विरमा सङ्ग्रहित गरेर प्रदर्शनी गरिएको प्रदर्शनी संयोजक तथा फोटोग्राफर कुवेर डंगोलले जानकारी दिए ।

पाटन संग्रहालयमा आजदेखि सुरू भएको प्रदर्शनीको उद्घाटन मंगलवार विहान आयोजित एक कार्यक्रमको बीच ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले गरे। “कुमारीले पाउने सेवा सुविधालाई बढाउन रातो पुस्तिकामै उल्लेख गरी संस्थागत गर्नेछु। उहाँहरू हाम्रो जीवित देवी भएकाले पनि हाम्रो यो दायित्व हो”,मेयर महर्जनले भने ,“यस किसिमको प्रदर्शनीले कुमारीको जीवनीलाई बुझ्न मदत गर्छ। यसलाई प्रवर्द्धन गर्न हामी तत्पर छौँ।”
“तस्विर खिच्ने क्रममा यो योजना बनेको हो। उहाँको जीवनी कुमारी घर भन्दा बाहिर कस्तो हुन्छ भन्ने जिज्ञासा भएर त्यसलाई तस्विरमार्फत देखाउने योजना बन्यो”,संयोजक डंगोलले भने,“म सँग कुमारी घरबाट निस्किएपछिको तस्विर थियो। उहाँको अगाडीको जीवनी झल्किने तस्विरहरू फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग भएकाले सहकार्य गरेर प्रदर्शनीको आयोजना गरिएको हो।”

कराओके इन्टरटेनमेन्टको आयोजनामा सुरू भएको प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ। पुर्व कुमारी बज्राचार्यले प्रदर्शनीमा राखिएको तस्विरले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनी प्रस्ट्याउने जानकारी दिनुभयो। “पुर्व कुमारीको सेवा सुविधासँगै कुमारीले पाउँदै आएको पुजाको रकममा वृद्धि गरिनु पर्छ। कुमारी बाहिर निस्किएपछि गर्ने कामहरू तस्विरले देखाएको छ। हामीले महिला सशक्तिकरणका लागि गरिरहेको गतिविधिसँगै संस्कृति र सम्पदा संरक्षणमा निर्वाह गरेको भूमिकालाई सहजै प्रदर्शनीमार्फत बुझ्नु हुनेछ”,पुर्व कुमारी बज्राचार्यले भन्नुभयो। प्रदर्शनीमा त्रिचालीस वटा तस्विर रखिएको संयोजक डंगोलले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.