रेस्लर जुरेलीलाई महिला अभिनेत्री अवार्ड



काठमाडौं । काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार (रेलको बाटो २)’ गीतबाट ‘महिला अभिनेत्री’ अवार्ड जितेकी छन् । उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले अवार्ड प्रदान गरेकी हुन् । अस्मिता गायिका र रेस्लर पनि हुन् ।

सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको यो गीतमा अस्मिता र सुरजले अभिनय गरेका छन् । लक्ष्मण सुनार निर्देशित भिडियोमा कुलदीप अधिकारी अतिथि भूमिकामा छन् । भिडियोमा निशल पौडेलको छायांकन, मिलन विश्वकर्माको कलर, पदम सुवेदीको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.