डाक्टर झाको चलाखी टेलिसिरियल ‘सर्खारको सर’ (भिडियो)



काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को चौंथो भाग प्रशारण भएको छ । दर्जन बढी ठुलो पर्दाको चलचित्रमा आफ्नो कला प्रस्तुत गरी सकेका रबिन्द्र झा ‘सर्खारको सर’ मा डाक्टर बनेका छन्। चलचित्रका दर्शक र टेलिभिजनका दर्शक छुट्टै हुने र टेलिभिजन हेर्ने दर्शकको झन् धेरै माया पाउने भएकाले आफुले चलचित्रको सुटिंगबाट केहि समय निकालेर सिरियलमा काम गरेको उनले बताए।

यो श्रृंखला प्रत्येक बुधवार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने गर्दछ । टेलिभिजन पश्चात डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ। ‘सर्खारको सर’ मा राजनीतिक विकृति–विसंगतिसंगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ । श्रृंखलाको निर्देशन बिनय राज पौडेलले गरेका छन् ।

रघुनाथ सापकोटा कार्यकारी निर्माता रहेको यो श्रृंखलामा दीपक आचार्य, रबिन्द्र झा, सिपि पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सबिता खड्का, रमेश अधिकारी, बिरबल घले लगायतका कलाकारको अभिनय रहेको छ । राजेन्द्र बजगाईंको संगीत रहेको ‘सर्खारको सर’ को कथा रघुनाथ सापकोटाले लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.