‘ओशो महोत्सव’ बैशाख १ गते टुँडिखेलमा



काठमाडौँ। नेपाली नयाँ बर्षलाई फरक ढंगबाट स्वागत गर्दै गत बर्ष बैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सब गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन नामक कार्यक्रम सम्पन्न गरेको थियो। गत बर्षको कार्यक्रमबाट प्राप्त उत्साह र सकारात्मक सन्देश संगै यस बर्ष बैशाख १ गते सोही कार्यक्रमको दोस्रो संस्करण ‘ओशो महोत्सव’ काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागिएको छ । ओशो महोत्सब ओशो तपोवनको प्रस्तुतिमा हुन लागेको छ भने यसको आयोजना ओम नेपाल मिडियाले गर्नेछ ।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सबमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सन्स्क्रितीका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहनेछन् ।

यस पटक ओशो महोत्सब संगीतको महोत्सब हुनेछ । ओशो महोत्सब ध्यान र साधनाको महोत्सब हुनेछ । ओशो महोत्सब अध्ययनको महोत्सब हुनेछ । ओशो महोत्सब स्वाद र हाँस्यको महोत्सब हुनेछ । किनकी एक दिने ओशो महोत्सब ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाईभ म्युजिक, लाफिंङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।

विहान ९ बजेबाट ओशो महोत्सबको मुख्य कार्यक्रम साँझ ५ बजेदेखि शुरु हुनेछ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सब गर्नेछन । देशका विशिस्ठ व्यक्तिहरुको उपस्थितिमा हुने यो सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणज्यूबाट विशेष संत्सग र आशिर्वाद प्रदान हुनेछ । यही कार्यक्रममा अन्तरराष्ट्रिय स्तरका नृत्य, संगीत र हाँस्य पनि प्रस्तुत हुनेछ । चर्चित सांगीतिक समूह कुटुम्बले यही समयमा आफ्नो विशेष प्रस्तुति दिने छ । यस पटक कुटुम्बले अहिले सम्म नगरेको नयाँ प्रयोगहरु समेत गर्नेछ, जुन एतिहासीक हुनेछ ।

ओशो महोत्सबमा हुने फुड फेस्टिबलको संयोजन अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहले गर्नेछन् । उनका केही नयाँ परिकारहरुको स्वाद महोत्सबमा लिन सकिनेछ ।

शारिरीक तथा मानसिक तनाब, हताशा र विशादको कारणले दिननुदिन बिग्रिदै गएको हाम्रो स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका निरापद माध्यमबाट जोडी एक सम्रिद्व मनुष्य निर्माणमा यो महोत्सबले अहम् भूमिका खेल्न सक्नेछ । आफ्नो ब्यस्त जीवनशैलीमा ध्यान, योग र संत्सगलाई अपनाउदै कसरी खुशी जीवन जिउन सकिन्छ भन्ने कला महोत्सबमा सिक्न पाईनेछ ।

महोत्सबमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, दर्जनौ कलाकार, संचारकर्मी, स्वदेशी तथा विदेशी ओशो प्रेमी र दर्शकहरु सहभागी हुनेछन् । ओशो महोत्सवको महोत्सव पार्टनरको रुपमा ग्लोबल टुरीजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सवको मिडिया संयोजन चलचित्र पत्रकार संघ नेपालले गर्नेछ ।