रुकुम पश्चिमका यज्ञजंग चलचित्र क्षेत्रमा फड्को मार्दै



काठमाडौँ। रुकुम पश्चिममा ३१ बर्ष अघि जन्मेका यज्ञजंग बि.क. नेपाली चलचित्र क्षेत्रमा आयुष बिसिको नामले परिचित छन्। २०६८ सालमा अभिनयबाट आफ्नो करियर सुरु गरेका आयुष पछिल्लो समय सहायक निर्देशनमा व्यस्त छन्। ठुलो पर्दाको चलचित्र ‘द रिटर्न हिरो’, ‘लाटी’,’वृन्दावन’मा काम गरेको अनुभव संगै नयाँ चलचित्र ‘सायरा’मा अनुबन्ध भएका छन्। उनि पछिल्लो समय धेरै निर्देशकको रोजाइमा पर्न थालेका छन्।

उनले थुप्रै भोजपुरी चलचित्रमा पनि सहायक निर्देशकको रुपमा काम गरी सकेका छन्। उनले काम गरेका भोजपुरी चलचित्र जय शम्भु,जान काहे बन गइलु,वन म्यान आर्मी हुन्। उनले दर्जन बढी शर्ट मुभीहरु निर्देशन गरी सकेका छन्। प्रतिभाका धनी यज्ञजंग बि.क. (आयुष बिसि) ले थुप्रै गीत पनी लेखेका छन्। उनले वेब सिरिज निल काँढा र प्रेमबाणी,रेडजोनको कथा पनी लेखेका छन्। उनले थुप्रै गीतमा शब्द कोरेका छन्। उनका थुप्रै गीतहरु रेकर्ड भएर सार्वजनिक भइ सकेका छन्। भबिस्यमा सोलो निर्देशक बन्ने योजनाका साथ अघि बढी रहेका उनि आफुमा क्षमता भए कुनै कुराले पनी नरोक्ने बताउछन्। नेपाली चलचित्रमा निरन्तर लागी रहंदा नाम र दाम दुवै कमाउन सकिने उनले बुझेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.