‘के खायौ बाबु’ भन्दै हिउँवाला गौतम (भिडियो)



काठमाडौँ। अमेरिका निवासी राम लामा अविनाशीको शब्द जीवन अधिकारीको संगीत तथा स्नेहश्री थापाको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘के खायौ बाबु’ बोलको मार्मिक गीतको भिडियो कृष्ण पौडेलको निर्देशनमा तयार भएको छ। भिडियोमा हिउँवाला गौतम, प्रकाश आचार्य, बिदुर सिग्देल,सविना पौडेल र दिब्यान्श्री पौडेलको अभिनय रहेको छ । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका हुन् ।

भिडियोमा आफ्नो श्रीमानको देहान्त पछि दु:ख गर्दै हुर्काएको आफ्नो मुटुको टुक्रा जस्तो छोरा अध्ययनका लागि बिदेशीए पछि छोराको चिन्ताले सताएको आमाको बिलौना समेटिएको छ ।