युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा (भिडियो)



काठमाडौँ। ‘छुकछुक छुकछुक’बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा भनिएको छ। जागृत रायमाझीको शब्द र संगीत रहेको गीत सुरज पण्डितले गाएका हुन्। मल्लाज प्रोडक्सनको प्रस्तुति रहेको गीतले विदेशिएका युवालाई देशमै फर्किन आह्वान गरेको छ।

नेपालमा केही गर्छु भन्ने रहर भए पनि गर्ने ठाउँ नभेटिँदा विदेशिने युवाको कथाले मन छुन्छ। गरिब र पहुँच नभएकाले सधैँ दुःख भोग्नुपरेको र लुटेराहरु भने महलमा बसिरहेको विषयवस्तुलाई गीतले व्यङ्ग्य गरेको छ।

गीतको भिडियोमा सुरजका साथै सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायत कलाकारले अभिनय गरेका छन्। भिडिओमा केदार श्रेष्ठको कथा, स्क्रिनप्ले र निर्देशन छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.