सज्जा चौलागाईंको ‘तिमीसँग’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ छ ।

प्रशंसा रायमाझी निर्देशित भिडियोमा सज्जाको सोलो अभिनय छ । भिडियोमा घोङबाको छायांकन, सम्पादन र कलर, हिना थापा मगरको मेकअप, सुजनी डिजाइन(सुजनी ठकुरी)को ड्रेस छ । भिडियो गायिका सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.