दुइ जोडी को अग्नि परिक्षा १७ गते


सेलेब्रिटी नेपाल कार्तिक १३- नेपाली चलचित्र उद्योग मा हिरो  बन्नका लागि लगानी गरेर आउने हरु धेरै छन् नायिका बन्नका लागि लगानी गर्ने पनि अब देखिन थालेका छन्। संयोग नै भनौ दुइ निर्मात्री  नायिका को चलचित्र एकै दिन रिलिज हुदै छ ।कार्तिक १७ गते लाग्ने चलचित्र इशारा नायिका बन्न कै लागि उमा बेबी ले निर्माण गरेकी हुन् भने आफ्नी छोरि लाई नायिका बनाउन चन्द्र कुमारी गिरि ले निर्माण गरेको नबोलेनी हासी राखन पनि एकै दिन बाट हल मा लाग्दै छ। अनुशी फिल्मस् को ब्यानरमा बनेको ईशारा मा उमा वेवी, रेखा थापा, उत्तम प्रधान, भुपेन चन्दको मुख्य भुमिका रहेको छ । सो चलचित्र सबिर श्रेष्ठको निर्देशन रहेको छननस्टप क्रियसन को ब्यानरमा शरद के सी ले निर्देशन गरेका नबोलेनी हासी राखन मा निखिल उप्रेती,शान्ति गिरि,रिचा सिंह ठकुरी ले मुख्य भूमिका मा अभिनय गरेका छन्।

नारी हिंसा बिरुद्द को कथामा बनेको चलचित्र इशारा उत्तम प्रधान को लागि निकै नै चुनौती पूर्ण छ।   दर्पण छाया बाट रजतपटमा उदायका उत्तम को अघिल्लो महिना रिलिज भयके लेटर असफल भयो। यो चलचित्रमा उनि निकै आशाबादी देखियका छन् ।रियालिटी सो को कथामा आधारित चलचित्र नबोले नि हासी राखन मा पिंजडा बाट रजतपट मा प्रवेश गरेका नायक निखिल उप्रेती लाई पनि चुनौती नै रहेको छ  उनको पछिल्लो पटक रिलिज चलचित्र परिचय पनि असफल भयको थियो। अब यी दुइ नायक र लगानी कर्ता दुइ नायिका को अग्नि परिक्षा १७ गते देखि सुरु हुदै को उतिर्ण हुन्छ केहि समय पश्चात थाहा हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.