‘फेसियल हाउस’ पन्ध्रौ बर्षमा प्रवेश



काठमाडौँ। फेसियल हाउसकी प्रमुख सुष्मा महरा आज आयोजना भएको बार्षिकोत्सवमा भावुक बनिन् । ग्राहकहरुलाई उत्कृष्ट सेवा दिएर ब्यूटि सैलुनको दुनियाँमा नम्बर १ बनेको यो फेसियल हाउसको पन्ध्रौ बार्षिकोत्सव मनाउँदै गर्दा सुष्मा दुख र संघर्षका दिन संझिएर भावुक बनिन् । उनका आँखाबाट आँशु रसाए ।

काठमाडौंको काठमाडौं मलमा मुख्य कार्यलय र विभिन्न ठाउँमा शाखा विस्तार गरेको ‘फेसियल हाउस एन्ड ब्यूटी सलोन’ले आफ्नो पन्ध्रौ बार्षिकोत्सव मनाएको हो ।

१५ बर्ष अगाडि काठमाडौं मलमा स्थापना भएको फेसियल हाउसको शाखा धनगढी, सुर्खेत र पोखरामा पनि संचालनमा छ । १५ वटा केक काट्दै सेलिव्रेशन गरिएको बार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजना समेत रहेको सुनाइन् ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीदेखि विभिन्न अथितीहरुलाई अवार्ड र मायाको चिनो वितरण गरिएको थियो । नेपाली फिल्म तथा मनोरञ्जन क्षेत्रका थुप्रै कलाकारहरुको समेत रोजाइको पहिलो गन्तव्य बनेको फेसियल हाउसले १५ औं बार्षिकोत्सवको अवसरमा पौष महिनाभरी भारी छुट समेत दिएको सुष्माले बताइन् । बार्षिकोत्सवमा विभिन्न गायक–गायिकाले गीत समेत गाएर मनोरञ्जन दिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.