मत परिणाममा पछि परेपछि हिमेश भन्छन् -धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन


काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार चुनावी मैदानमा छन् ।कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका कमेडी च्याम्पियन विजेता हिमेश पन्तले आफु मत परिणाममा पछि परेपछि मतदातामाथि अपमानजनक टिप्पणी गरेका छन् ।

मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । मत गणनाको सुरु देखि नै तेस्रो स्थानमा रहेका हिमेशले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गाउँ र लेकका मानिसको चेतनास्तरमा अझै सुधार नआएको टिप्पणी गरेका छन् ।

‘हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएता पनि पहाड, गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन,’ उनले भने, ‘हामी प्रचार प्रसारमा हिँड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै नै सुन्न पाइयो । कतिले त भोट चाहिए रक्सी खुवाउनुस् सम्म भन्न भ्याए ।’ उनले धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो नहुने समेत बताएका छन् ।

हिमेश पन्तको फेसबुक स्टाटस

करोडौं करोड खर्च गरेर चुनाब लड्नेहरुसँग २र४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ ओटा गाउपालिका र ज्ञ ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड,गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन। हामी प्रचार(प्रसारमा हिड्दै गर्दा “जस्ले दिन्छ नोट, उसैलाई भोट।” भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त “भोट चाहिए रक्सी खुवाउनुस्।” सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौ जस्तो हुदै हैन। निर्वाचन आयोगले दिएको १२र१३ दिनको प्रचार(प्रसारमा ५३ ओटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो। म यत्ति भन्न सक्छु हामीले ल्याउदै गरेको भोट स् मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर(धम्कीबाट आएको भोट हैन। विना(संगठन, विना गठबन्धन, विना पैसा, विना अनुभव‘ मुख्यमन्त्री राजेन्द्र पाण्डेसॅग भिड्ने दम कुनै युवामा थियो रुरु‘।सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धी हो। 🙏❤️

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.