भारतीय अभिनेता प्राणको ९३ वर्षको उमेरमा निधन


pran-indian-actor
(सेलिब्रेटी नेपाल) २९ असार-चर्चित भारतीय अभिनेता प्राणको ९३ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखि बिरामी रहेका प्राणको मुम्बईको लिलावती अस्पतालमा शुक्रवार राती निधन भएको हो ।पन्जाबी चलचित्रबाट आफ्नो फिल्मी जीवन शुरु गरेका वास्तविक नाम प्राण कृष्ण सिकन्द रहेका उहाँले ६ दशक भन्दा बढी समय हिन्दी सिनेमा जगत्मा बिताउँदै ४ सय भन्दा बढी चलचित्रमा काम गर्नुभएको छ ।विशेष खालको बोल्ने शैली र अभिनय क्षमता रहेका प्राणले सबै खालका भूमिका गरेपनि उहाँको लोकप्रियता खलनायकका रुपमा बढी थियो ।
राम और श्याम चलचित्रमा गरेको खलनायकको भूमिकाले उहाँको व्यक्तिगत छवि पनि खलनायककै रुपमा चर्चित बनाएको थियो । हिन्दी सिनेमामा उहाँको योगदानको कदर गर्दै यसैवर्ष प्राणलाई चर्चित दादा साहब फाल्के पुरस्कार प्रदान गरिएको थियो ।बिरामी भएका कारण कार्यक्रममा पुरस्कार लिन जान नसकेपछि सन्चारमन्त्री नै उहाँको घरमा पुगेर पुरस्कार दिएका थिए ।तीन पल्ट फिल्मफेयर अवार्ड पाएका प्राणलाई सन् २००० मा स्टारडस्टले भिलेन अफ द मिलेनियम घोषणा गरेको थियो । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले प्राणको निधनप्रति दुख व्यक्त गर्दै भारतीय सिनेमाले एउटा आदर्श प्रतिभा गुमाएको बताउनुभएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.