‘महाजात्रा’ को लागी प्रदीपले राखे राजेश हमाललाई प्रस्ताव


काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सफल निर्देशकको रुपमा चिन्न सफल निर्देशक हन् प्रदीप भट्टराई । उनले निर्देशन गरेको चार फिल्म नै सफल छन् । पहिलो फिल्म ‘जात्रा’बाटै आफूलाई सफल र अब्बल निर्देशकको रुपमा स्थापित गरेका प्रदीपका ‘शत्रु गते’,‘जात्रै जात्रा’ समेत हिट मानिन्छ । यतिबेला उनी निर्देशित चौंथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ र यो पनि सुपरहिट भइसकेको छ ।

अब भट्टराई सफल फिल्म ‘जात्रा’को तेस्रो सिक्वेलको तयारीमा छन् । ‘महाजात्रा’ नाम राखिएको फिल्ममा अभिनेता विपिन कार्की दोहोरिने लगभग निश्चित छ भने निर्देशक भट्टराईले अभिनेता राजेश हमाललाई पनि लिने इच्छा देखाएका छन्। सोमवार फिल्म ‘महापुरुष’ हेर्न पुगेका हमालसँग फिल्ममा काम गर्ने रहर रहेको बताउँदै उनले अब बनाउन लागेको फिल्म अफर गर्ने संकेत गरे ।

प्रदीपले भने, ‘राजेश दाईसँग फिल्म गर्ने रहर कसलाई छैन होला र दाईलाई चुनौतीपूर्ण भूमिकामा हामीले सोचिरहेका पनि छौं । दाईले मानिदिनुभयो भने त्यो अबकै प्रोजेक्टमा पनि हुनसक्छ । हामी त त्यसैको तयारी पनि गर्दैछौं ।’ भट्टराईले अबको प्रोजेक्ट भनेर ‘महाजात्रा’तर्फ इंकित गरेको बुझ्न सकिन्छ । हमालले पनि आफूलाई सुहाउँदो भूमिका भए काम गर्न तयार रहेको बताए ।

स्रोतका अनुसार पछिल्लो पुस्तामा हमालको मनपर्ने निर्देशकमा प्रदीप पनि पर्छन् । ‘जात्रा’ हेरेपछि उनी भट्टराईको निर्देशकिय क्षमता र पटकथा लेखन शैलीबाट प्रभावित भएका थिए । ‘महापुरुष’ले पनि मन जितेपछि उनी प्रदीपसँग फिल्ममा सहकार्य गर्न इच्छुक रहेको स्रोत बताउँछ । हमाल र प्रदीपबीच फिल्ममा सहकार्य हुन सकेको खण्डमा दर्शकलाई पनि त्यो रुचिकर हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.