कलाकार राजनीतिमा लाग्न हुन्छ वा हुदैन भन्ने बारेमा दीपक र निश्चलको जुहारी


काठमाडौं । अभिनेता दीपकराज गिरीले राजनीतिमा कलाकारहरु खुलेर हिडिरहेको घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन्। चुनावको माहोल नजिकिएको छ, कतिपय कलाकार दल र उम्मेदवारलाई भोट माग्दै हिंडिरहेको देख्न फोटो भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ।

यस्तोमा दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका छन्। उनी आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्, कलाकारलाई गहना किन भनेको होला सायद सबैले प्रिय र साझा ठानेकोले होला। त्यसैले म कुनै एक समूहको हुन सकिनँ। सबैलाई शुभकामना।’

उनले गरेको यो पोस्टमा थुप्रै टिकाटिप्पणी आएका छन्। ति थुप्रै टिकाटिप्पणी मध्ये एक टिप्पणी अभिनेता निश्चल बस्नेतको पनि रहेको छ। उनले उक्त स्टाटसमा कमेन्ट गर्दै मुलुकलाई खाल्डोबाट जोगाउन गहनाको पनि कर्तव्य हुने उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेसाभन्दा पहिला देश, कि के हो दाइरु’ यतिबेला उनी केही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर भोट मागिरहेका फोटोहरुपनि सामाजिक सञ्जालमा देख्न सकिन्छ।

निश्चलको कमेन्टमा दीपकको टिप्पणी छ, ‘वकिलले राम्रो गरेन वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो । हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.